• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सांसद्ले भाडामा मागे गोकर्ण रिसोर्टकाे जग्गा

सनराइज खबर संवाददाता

काठमाडौं । सरकारले गोकर्ण रिसोर्टको जग्गाकाे भाडा रकम अति कम ताेकेकाे सांसद्ले दावी गरेका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद् रमेशजंग रायमाझीले सो यस्ताे दावी गरेका हुन् ।

उनले साे भाडा रकम भन्दा धेरै नै बढी आफूले नै दिन सक्ने दावी पनि गरे । गोकर्ण रिसोर्टको जग्गा भाडामा लिन तयार रहेको बताउँदै उनले प्रश्‍न गरे – ‘यति ग्रुपले दिएको भाडा भन्दा ५० करोड बढी तिर्न तयार छु, सरकार मलाई गोकर्ण रिसोर्टको जग्गा दिन तयार छ ?’ 

तर सरकारले आफूलाई साे जग्गा भाडा नदिने उनले बताए । साे जग्गा भाडामा लगाउँदा ठूलाे रकम अनियमितता भएकाे आरोप उनले लगाएका छन् । 

यस्तै भाडा सम्बन्धी करार ६ वर्ष बाँकी हुँदा नै लामाे अवधिकाे म्याद थप गर्ने निर्णय नै गलत रहेको समेत उनले बताए । 
 

प्रतिकृया दिनुहोस