• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कोशी र लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

खबर स‌ंवाददाता

काठमाडाैं । काेशी प्रदेश र लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् ।

साेमबार अपरान्ह ४ बजे विराटनगरमा बस्ने काेशी प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ । दिउँसाे २ बजे बाेलाइएकाे बैठक विशेष कारण देखाउँदै अपरान्ह ४ बजेलाई सारिएकाे हाे ।

बिहान ११ बजे बस्ने लुम्बिनी प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ ।

 

प्रतिकृया दिनुहोस