• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

राष्ट्रिय सभामा मानव अधिकार आयोगको प्रतिवेदन पेस हुने

खबर स‌ंवाददाता

काठमाडौं । राष्ट्रिय सभा बैठक आइतबार बस्दै छ । 

दिउसो बस्ने बैठकमा प्रधानमन्त्री के. पी. शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, ०७५/०७६’ पेस गर्ने कार्यसूची छ ।

यस्तै प्रधानमन्त्री ओलीले नै ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक,२०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले ‘रेल्वे विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

यस्तै गृह मन्त्री रामबहादुर थापाले ‘अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्मो अभिसन्धिको प्रावधानमाथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । उनले नै अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्मो अभिसन्धिलाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव पेस गर्ने छन् ।
 

प्रतिकृया दिनुहोस