वाग्मती प्रदेश संसदीय समितिका सभापतिले लिनुभयो शपथ
काठमाडौं । वाग्मती प्रदेश संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले सोमबार शपथ लिनुभएको छ ।
समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सभामुख भुवनकुमार पाठकले उहाँहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।
उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश मामिला समिति सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समिति सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, अर्थ तथा विकास समिति सभापति नुरज बज्राचार्य र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले शपथ ग्रहण गर्नुभएको हो ।
प्रदेश मामिला समिति सभापति लामा र सार्वजनिक लेखा समिति सभापति लामिछाने नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ एमाले, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ढकाल माओवादी केन्द्र, अर्थ तथा विकास समिति सभापति बज्राचार्य राप्रपा र विशेषाधिकार समिति सभापति शर्मा एकीकृत समाजवादीबाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।


प्रतिकृया दिनुहोस