• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सभामुखले डाक्नुभयो कार्यव्यवस्था परामर्श समिति बैठक

सनराइज खबर संवाददाता

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । 

आजको प्रतिनिधि सभा बैठक बस्नु अघि सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउनुभएको हो । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । 

आजको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।  कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान १० बजे डाकिएको छ । सभामुख घिमिरेले बैठक सञ्चालनका विषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो । 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएकोले संसदीय छानबिन समिति बनाउनु पर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । संसद् अवरुद्ध भइरहेकै बेला प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको छ । 

 

प्रतिकृया दिनुहोस