• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

विश्वविद्यालयको स्वायत्ततामा प्रहार भयो – गगन थापा

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगन थापाले सरकारले विश्वविद्यालयको स्वायत्ततामा प्रहार गर्न खोजेको बताएका छन् ।

सरकारले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७५ मार्फत् विश्वविद्यालयका पदाधिकारीलाई ५१ प्रतिशतले बहुमतले हटाउने प्रावधान राख्दा विश्वविद्यालयको स्वायत्तता माथि प्रहार हुने बताएका हुन्।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७५ु माथिको छलफलका क्रममा बिहीबार थापाले यस्तो बताएका हुन् ।

विश्वविद्यालयमा नियुक्त पदाधिकारीलाई सरकार वा मन्त्रालयले दिएको कुनै निर्देशन पालन नगरेमा ५१ प्रतिशतले हटाउन सक्ने प्रावधान राखिएको छ । दुई तिहाइले मात्रै ती पदाधिकारी हटाउन सक्ने व्यवस्था राखेर विधेयक पारित गर्नुपर्ने विचार उनले बैठक राखे ।

उनले सरकारले चाहेको बेलामा हटाउन सक्ने आधार निर्माण गर्नुलाई गलत भनेका छन् । समितिले गरेको निर्णय माने पनि यसलाई आफूले गलत भन्ने उनको भनाई छ ।

समितिमा छलफलका क्रममा दुईतिहाइले मात्रै हटाउन सक्ने प्रावधान राख्न सुझाव आएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् । तर, विश्वविद्यालय र उच्च शिक्षाको छाता ऐन आउने क्रममा भएका कारण तत्काललाई यस्तो व्यवस्था गरिएको उनले बताइन् ।

 

प्रतिकृया दिनुहोस