कोशी प्रदेश सभामा मुख्यमन्त्रीले माग्नुभयो विश्वासको मत, कांग्रेसले गर्यो बैठक बहिष्कार
काठमाडौं । कोशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्नु भएको छ ।
केही बेर अघि सुरु भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्नु भएको हो । मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाउनुभएको बैठक नेपाली कांग्रेसले भने बहिष्कार गरेको छ । बैठकमा कांग्रेसका प्रदेश सभा सदस्य अनुपस्थित छन् ।
सभामुखले कांग्रेस अनुपस्थित भए पनि प्रदेश सभा बैठक अगाडि बढाउनु भएको छ । बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन प्रदेश सभा सदस्यहरूलाई अनुरोध गर्नुभएको छ ।


प्रतिकृया दिनुहोस