• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासकाे मत लिँदै

खबर स‌ंवाददाता

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासकाे मत लिनुहुने भएकाे छ ।

साँझ साढे ५ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री साेडारीले विश्वासकाे मत लिन लाग्नुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । यसअघि शुक्रबार बाेलाइएकाे बैठक बस्दै नबसी स्थगित भएकाे थियाे ।

यद्यपि साेडारीले विश्वासकाे मत लिने-नलिने विषय भने अन्याैलमा छ । नेकपा एमालेले विश्वासकाे मतबारे कुनै निर्णय नगरेपछि साे विषय अन्याैलमा परेकाे छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ सांसद् चाहिन्छ । प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ स्वतन्त्र सांसद् छन् ।

एमाले, माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति रञ्जिता पक्षका २ सांसद् र १ स्वतन्त्र सांसद्ले मत दिँदा साेडारीलाई बहुमत पुग्छ ।

प्रतिकृया दिनुहोस