• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रतिपक्षी दलको बहिष्कारबीच मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत

खबर स‌ंवाददाता

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउनुभएकाे छ ।

मंगलबार बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासकाे मत पाउनुभएकाे हाे । प्रतिपक्ष दलले बहिस्कार गरेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत पाउनुभएकाे हाे । 

बैठकमा सहभागी ६१ जना सांसद् सबैले उहाँकाे पक्षमा मतदान गरे । विपक्षमा शून्य मत पर्‍याे ।

प्रतिपक्ष दलहरू नेपाली कांग्रेस, जनमत पार्टी र लाेकतान्त्रिक समाजवादी पार्टीले बैठक बहिष्कार गरेका हुन् ।

पहिलाे बैठक सुरु हुनासाथ जनमत पार्टीका सांसद्ले अवराेध गरेपनि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे थियाे । त्यसपछि सुरु भएकाे दाेस्राे बैठक पनि जनमत र कांग्रेसका सांसद्ले अवराेध गरेपछि सभामुखले फेरि १० मिनेटका लागि बैठक स्थगित गर्नुभयाे । विराेधका क्रममा माइक भाँचिएको र क्यामेरा फुटेको थियाे ।

त्यसपछि बसेकाे तेस्राे बैठक प्रतिपक्ष दलले बहिष्कार गरे भने मुख्यमन्त्रीले सत्तापक्ष सांसद्काे उपस्थितिमा मात्र विश्वासकाे मत लिनुभयाे ।

आफ्ना सांसद्‍माथि भएको आक्रमणको छानबिन समित गठन गर्नुपर्ने लगायत माग जनमतले राखेकाे थियाे ।

प्रतिकृया दिनुहोस