मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासकाे मत लिँदै
काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिनुहुने भएकाे छ ।
दिउँसाे १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासकाे मत लिन लाग्नुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
केन्द्रमा नयाँ समीकरण बनेपछि नेपाली कांग्रेस मधेश सरकारबाट चैत ५ गते बाहिरिएको थियो । कांग्रेसले चैत ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । साेही कारण मुख्यमन्त्री यादवले आज विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।
मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको याे चौथो पटक हो म।


प्रतिकृया दिनुहोस