• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

लुम्बिनीका मुख्‍यमन्त्री महरालाई विश्वासको मत, पक्षमा पर्‍यो ४८ भाेट

खबर स‌ंवाददाता

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाउनुभएकाे छ ।

शुक्रबार बसेकाे प्रदेश सभा बैठकबाट मुख्यमन्त्री महराले विश्वासकाे मत पाउनुभएकाे हाे ।  विश्वासको मतसम्बन्धी प्रस्तावमा प्रदेश सभा बैठकमा भएकाे मत विभाजनमा महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको हो । बैठकमा ८६  जना सांसद् उपस्थित भएका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा  बहुमतका लागि ४४ मत आवश्यक पर्नेमा महराले ४ मत बढी पाउनुभएकाे छ ।

प्रतिकृया दिनुहोस