लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै
काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिनुहुने भएकाे छ ।
दिउँसो १ बजे प्रदेश सभामा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिन लाग्नुभएकाे हाे । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्छ ।
महरा नेकपा एमालेका २९, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र १ सांसद्को समर्थनमा चैत २३ गते मुख्यमन्त्री बन्नुभएकाे हाे ।
तर मन्त्रालय भागबण्डा र शर्त पूरा नगरी विश्वासकाे मत लिन लागेकाे भन्दै साना दल चिडिएका छन् । नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद्ले मन्त्री नपाउने भए विश्वासको मत दिन नसकिने शर्त राखेका छन् । एकीकृत समाजवादी र स्वतन्त्रका सांसद्को मत नपाए माओवादी र एमालेका सांसद्ले मात्र बहुमत पुग्दैन ।


प्रतिकृया दिनुहोस