• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कोशी प्रदेश सभाको विशेष अधिवेशन बैशाख ६ गतेलाई बोलाइयो 

सनराइज खबर संवाददाता

काठमाडौं । कोशी प्रदेश सभाको विशेष अधिवेशन बैशाख ६ गते बोलाइएको छ । 

प्रदेश सभाका एक चौथाइ बढी सदस्यको मागबमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले विशेष अधिवेशन आव्हान गर्नुभएको हो । 

एमाले र माओवादीका प्रदेश सभा सदस्यले को विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष माग गरेका कारण प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश सभाका सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाईभन्दा बढी प्रदेशसभा सदस्यको चैत २६ गतेको लिखित अनुरोधमा वैशाख ६ गते बिहीबार दिउँसो एक बजेका लागि प्रदेश सभाको अधिवेशन आव्हान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएर एमाले र नेकपा माओवादी केन्द्रका ५३ जना प्रदेश सभा सदस्यले एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका छन् । 

त्यसलाई छल्न मुख्यमन्त्री केदार कार्कीले २०८१ जेठ ११ गतेलाई बैठक बोलाउन सिफारिस गर्नुभएको थियो । डेढ महिना पछि बस्ने बैठक बोलाउन उहाँले गर्नुभएको सिफारिस फिर्ता पठाएर प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गर्नुभएको हो । 

प्रतिकृया दिनुहोस