• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

खबर स‌ंवाददाता

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

दिउँसो ३ बजे बस्ने सुदूरपश्चिम प्रदेश सभा बैठममा मुख्यमन्त्री शाहले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछिमुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नुभएकाे हाे ।

५२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद् चाहिन्छ । प्रदेश सभमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका १० (सभामुख बाहेक), नेकपा एमालेका १०, एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टीका ७ सांसद् छन् ।

यहाँ कांग्रेस र एमालेसहितकाे सत्ता गठबन्धन दुवैका लागि नागरिक उन्मुक्ति निर्णायक छ ।

प्रतिकृया दिनुहोस