कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको थियो । मुख्यमन्त्रीको विश्वासको मत लिने प्रयोजनार्थ आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने माओवादी केन्द्रले जनाएको छ । विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेकोले मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बताइएको छ ।
केन्द्रमा सत्तारुढ दल बिचको छलफलमा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको छ । मुख्यमन्त्रीले विश्वासको मत नलिई राजीनामा दिएर एमालेको लागि बाटो खुल्ला गरिदिनु पर्ने बताउँदै आएको छ । तर मुख्यमन्त्री शर्माले राजीनामा दिन मान्नु भएको छैन ।


प्रतिकृया दिनुहोस