वाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासकाे मत
काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रदेश सभा बैठकबाट मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउनुभएकाे हाे । आजकाे बैठकमा १ सय ८ सांसद् उपस्थित भएकाेमा उहाँकाे पक्षमा ५६, विपक्षमा ३७ मत र मत दिन्न भन्ने पक्षमा १५ मत परेकाे सभामुख भुवन पाठकले घाेषणा गर्नुभयाे ।
१ सय १० सदस्यीय वाग्मती प्रदेश सभामा बहमुत पुर्याउन ५६ सांसद्काे आवश्यक पर्नेमा मुख्यमन्त्री जम्कट्टेलकाे त्यति नै मत पाउनुभएकाे हाे । प्रदेश सभामा नयाँ गठबन्धनमा आबद्ध नेकपा एमालेका २७, माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ । बहुमतका लागि १ जना सांसद् आवश्यक रहेकाेमा मुख्यमन्त्री जम्कट्टेललाई हाम्राे नेपाली पार्टीका १ जना सांसद्ले पनि मत दिएपछि बहुमत पुगेकाे हाे ।
प्रदेश सभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद् छन् ।
मुख्यमन्त्री जम्कट्टेलले यसअघि गत वर्ष पुस २७ र चैत १० गते विश्वासको मत लिनुभएकाे थियाे ।


प्रतिकृया दिनुहोस