औद्योगिक व्यवसाय विधेयकमाथि दफावार छलफल हुने
काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयकमाथि दफावार छलफल हुने भएको छ ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकले सो विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाएको हो । विधायन व्यवस्थापन समितिमा अब विधेयकको हरेक दफामा छलफल हुनेछ ।
सो विधेयक प्रतिनिधि सभाले ०७६ भदौ २३ मा पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो ।
राष्ट्रिय सभाले दफावार छलफलका लागि आज समितिमा पठाएको हो । समितिले अब दफा-दफामा छलफल गरेर राष्ट्रिय सभामा प्रतिवेदन पठाउने छ । त्यसपछि राष्ट्रिय सभाले फेरि प्रतिनिधि सभामा पठाउने छ ।


प्रतिकृया दिनुहोस