• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अवैध उत्खननले इको सिस्टममा प्रभावित : सांसद् पौड्याल

सनराइज खबर संवाददाता

काठमाडौं । सांसद् बिमला पौड्यालले अवैध रुपमा निकालिने ढुङ्‍गा, गिटीले इको सिस्टममा प्रभाव पर्ने बताएकी छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

अवैध उत्खननले बस्ती नै डुबानमा पर्ने तथा जलवायु परिवर्तन पनि तिब्र रुपमा बढ्ने उनले बताइन् । वातावरण संक्षण ऐन र नियमावलीले सबै खनिज र क्रसर उद्योगलाई अनिवार्य रुपमा वातावरणीय प्रभाव मुल्याङ्कन गर्ने व्यवस्था गरेको छ ।  तर उद्योगीले यसलाई नमानेकाे उनले बताइन् ।  

उनले सर्वोच्च अदालतले खानी उत्खननलाई नियमन गर्न सरकारलाई दिएकाे आदेश पनि कार्यान्वयन नभएको उनकाे भनाइ छ । 

अवैध उत्खनन रोक्न वन तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रपति चुरे तराइ मधेस संरक्षण विकास बोर्ड गठन भएकाे र याे बाेर्डले कसरी काम गरेकाे मन्त्रालयमार्फत् जानकारी पाउनु पर्ने माग उनले गरिन् । 
 
 

प्रतिकृया दिनुहोस