वाइडवडी र ललिता निवास भ्रष्टाचार प्रकरणबारे जानकारी माग
काठमाडौं । वाइडवडी र ललिता निवासमा भ्रष्टाचार प्रकरणबारे सदनलाई जानकारी गराउन नेपाली कांग्रेसकी सांसद् विन्दा देवी आले (राना) ले माग गरेकी छन् ।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले वाइडवडी भ्रष्टाचारको विषयमा सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल वायुसेवा निगम मौन रहेको बताइन् । यसमा नेपाली कांग्रेसको ध्यानकर्षण भएको समेत बताइन् ।
यी भ्रष्टाचार प्रकरणकाे छानबिन प्रगति विवरण जानकारी दिन सरकारसँग उनले माग गरेकी छिन् ।
यस्तै सांसद् आलेले लुम्बिनीमा विदेशीले निर्माण गरेका करिब तीन दर्जन भन्दा बढी बिहार र गुम्बामा दुरुपयाेग भएकाे बताइन् । ती गुम्बामा होटल तथा लज सञ्चालन भएको बताउँदै त्यस्ता कार्यलाई तत्काल रोक लगाउन उनले माग गरिन् ।


प्रतिकृया दिनुहोस