दिलीपकुमार महतोका हत्यारालाई कारबाही गर्न माग
काठमाडौं । राष्ट्रिय सभा बैठकमा सांसद्ले निर्माण सामग्रीकाे अवैध उत्खनन विरुद्ध आवाज उठाउने दिलीपकुमार महतोको हत्यारालाई कारबाही गर्न माग गरिएकाे छ ।
बैठकको विशेष समयमा बोल्दै सांसद वृषेशचन्द्र लालले अवैध उत्खलनकाे विराेध गरेकाले दिलीपकाे हत्या गरिएकाे बताए । मुचुल्का नगरी दिलीपको शव उठाइएको आराेप उनले लगाए ।
पहिलेदेखि भइरहेको अवैध उत्खलन नजिकैको प्रहरी प्रशासनले रोक्न नखाेजेकाेले धैर प्रश्न उब्जिएकाे उनको भनाइ छ ।
यस्तै सांसद् प्रमिला कुमारी यादवले दिलिप महतोको हत्यारालाई कडाभन्दा कडा सजाय दिन माग गरिन् ।
यस्तै उनले सूचना प्रविधि विधेयकलाई लक्षित गर्दै सर्वसाधारणको गोपनियताको हक समाप्त पार्ने कानुन बन्न थालेको बताइन् ।
यस्तो थियो घटना
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीपको शुक्रबार बिहान ना७ख ६४१३ नम्बरको टिपरको ठक्करबाट निधन भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा टिपरको लिभरले छेडेपछि उनलाई किचेको खुलेको छ ।
हत्या भएको आशंकामा प्रहरीले शनिबार चार जनालाई पक्राउ गरेको थियो । औरही खोलाको बगरमा टिपरले बालुवा गिट्टी चोरी भइरहेको भन्दै दिलीपले पटकपटक रोक्न खोजेको स्थानीयको भनाइ छ । सोही विषयलाई लिएर महतोको हत्या गरिएको उनीहरुको आरोप छ ।


प्रतिकृया दिनुहोस