लुम्बिनी चिनी कारखानासँगकाे सम्झाैता बदर गर्न माग
काठमाडौं । शर्त पालना नगर्ने लुम्बिनी चिनी कारखानासँगकाे सम्झाैता बदर गर्न सांसद् रामलखन चमारले माग गरेका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद् रामलखनले यस्ताे माग गरेका हुन् ।
सरकारकाे स्वामित्वमा रहेकाे साे कारखाना निजीकरण गरिएकाे उनले सदनमा बताए । तर निजीकरण गर्दा भएकाे सम्झाैता कारखानाले पालना नगरेकाे आराेप उनले लगाए ।
साे कारखाना अहिले संचालनमा नरहेकाे र सम्झाैताकाे बुँदा कार्यान्वयन नभएकाले करार बदर गर्नुपर्ने धारणा उनले राखे ।
कारखानाले सम्झाैता पालना नगरे स्वत: बदर हुने प्रावधान प्रयाेग गर्दै करार बदर गर्न सकिने सुझाव दिए । सम्झाैता बदर भएपछि नवलपरासीमा रहेकाे साे कारखानालाई कृषक सहकारीमार्फत् संचालन गर्न दिन सरकारसँग उनले माग गरे ।


प्रतिकृया दिनुहोस