• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रेल्वे विधेयक अर्काे एक पाइला अघि बढ्याे

सनराइज खबर संवाददाता

काठमाडौं । रेल्वे विधेयकलाई संघीय संसद्ले अगाडि बढाउने भएकाे छ । राष्ट्रिय सभामा याे विधेयक पेश भइसकेकाे छ । राष्ट्रिय सभाकाे २७ मा बस्ने बैठकमा याे विधेयक उपर प्रारम्भिक छलफल हुनेछ । साे बैठकमा ‘रेल्वे विधेयक २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने छ ।

२७ पुसकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन, २०७६’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन)’ विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सो विधेयक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रस्तुत गर्नेछन् ।

पुस  २४ गते बसेको राष्ट्रिय सभामा अर्थमन्त्री डा. युवराज खतिवडाले रेल्वे विधेयक, २०७६ पेश गरेका थिए ।अब बसिने बैठकमा भने यस विधेयक माथि विचार गरियोस् भनी प्रस्ताव पेश हुनेछ ।

प्रतिकृया दिनुहोस