'प्रचण्डले जनयुद्ध नगरेका भए तिमी रसातलमा हुने थियौ'
काठमाडौं । नेकपाका सांसद् महेशकुमार महराले राष्ट्रिय सभा बैठकमा १० वर्षे जनयुद्धको प्रशंसा गरेका छन् । प्रचण्डको नेतृत्वमा जनयुद्ध नभएको भए साथी तिमी रसातलमा हुने थियौ भन्ने टिप्पणी समेत उनले गरेका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै महराले भने– ‘अध्यक्ष प्रचण्डको नेतृत्वमा जनयुद्ध भयो, जनयुद्धकै जगमा १९ दिने आन्दोलन भयो र राजतन्त्र उन्मुलन भयो ।’
केही साथीहरु पूर्वाग्रही रुपमा काम नलाग्ने १० वर्षे जनयुद्ध भनिरहेका छन् भन्ने टिप्पणी गर्दै उनले भने– ‘कमरेड प्रचण्डको नेतृत्वमा जनयुद्ध नभएको भए आज संघीय लोकतान्त्रिक गणतन्त्रमा हुने थिएनौं ।’
जनयुद्धलाई काम नलाग्ने भन्नेहरुलाई उनले भने– ‘कमरेड प्रचण्डको नेतृत्वमा जनयुद्ध नभएको भए साथी तिमी रसातलमा भासिइसकेका हुने थियौं ।’
जनयुद्धमा मारिएकाहरुलाई सहिद घोषणा गर्न सरकारले कन्जुस्याईं गरेको पनि उनले बताए ।


प्रतिकृया दिनुहोस