• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

राष्ट्रिय सभामा रेल्वे विधेयक पेस हुने 

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय सभा बैठक बिहीबार बस्दै छ । 

संघीय संसद् सचिवालयमा दिउसो बस्ने बैठकमा ‘रेल्वे विधेयक, २०७६’ पेस गर्ने कार्यसूची छ ।  सो विधेयक भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले पेस गर्ने छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।  बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरिने छ ।

यस्तै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित 'राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव पेस हुनेछ । यस्तै 'राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५ लाई पारित गरियोस्' भन्ने प्रस्ताव पेस हुने कार्यसूची छ ।

 

प्रतिकृया दिनुहोस