भ्रष्टाचार मुद्दा लागेपछि राप्रपा सांसद् जानकीप्रसाद यादव निलम्बित
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव निलम्बनमा पर्नुभएकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएपछि सांसद् यादव स्वतः निलम्बनमा परेकाे लुम्बिनी प्रदेश सभा सचिवालयले शनिबार सूचनामार्फत जानकारी दिएकाे छ । यादव राप्रपाको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ (ख) मा निर्वाचित सांसद् हुनुहुन्छ ।
पूर्व यातायात तथा उद्योगमन्त्री समेत रहेका यादव कपिलवस्तुको गौतमबुद्ध साझेदारी वनका तत्कालीन अध्यक्ष-संयोजक पनि हुनुहुन्छ ।
काठ हिनामिना काण्डमा अख्तियारले यादवसहित १९ जना विरुद्ध मुद्दा चलाएकाे छ । अख्तियारले यादवसहित १९ जनाविरूद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याएर भ्रष्टाचार गरेको आरोपमा काठमाडौंस्थित विशेष अदालतमा फागुन ८ गते मुद्दा दायर गरेको हाे ।



प्रतिकृया दिनुहोस