• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई विश्वासकाे मत

खबर स‌ंवाददाता

काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्नुभएकाे छ ।

आइतबार बसेकाे प्रदेश सभा बैठकबाट मुख्यमन्त्री यादवले विश्वासकाे मत पाउनुभएकाे हाे । बैठकमा १ सय ४ जना सांसद् उपस्थित भएकाेमा यादवलाई ६९ जना सांसद्ले विश्वासकाे मत दिए । ३५ सांसद्ले भने विपक्षमा मत दिए ।

माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले आज तेस्राे पटक विश्वासकाे मत लिनुभएकाे हाे । उहाँ गत वर्षकाे पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

प्रतिकृया दिनुहोस