• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

नेपालकाे संसदीय प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच भेट

समाचार

काठमाडाैं । भारत भ्रमणमा रहेको नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले आज राजधानी नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलले विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेको नेपालस्थित भारतीय राजदूताबासले जनाएको छ ।  

सो भेटमा दुई देशको सम्बन्ध, पारस्परिक सहयोग र हितका विविध विषयमा महत्वपूर्ण कुराकानी भएको विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

भारतको लोकसभाको निमन्त्रणामा सभापति यादव नेतृत्वको सो संसदीय प्रतिनिधिमण्डल यही माघ १६ गते भारतको राजधानी नयाँ दिल्ली पुगेको थियो । 

–रासस

प्रतिकृया दिनुहोस