काेशीका नवनियुक्त सभामुख विष्टद्वारा शपथ
काठमाडाैं । काेशी प्रदेश सभाका नवनियुक्त सभामुख अम्बरबहादुर विष्टले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ ।
प्रदेश प्रमुखकाे कार्यालय विराटनगरमा मंगलबार आयाेजित एक समाराेहबीच सभामुख विष्टले शपथ लिनुभएकाे हाे । उहाँलाई कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनुभएकाे हाे ।
शपथ समाराेहमा प्रदेशका मुख्यमन्त्री केदार कार्की, पूर्व मुख्यमन्त्रीहरु हिक्मतकुमार कार्की, उद्धव थापा र राजेन्द्र राई लगायतकाे सहभागिता थियाे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् विष्ट मंगलबार नै सभामुखमा निर्विराेध निर्वाचित हुनुभएकाे थियाे । मंगलबार बसेकाे प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विराेध निर्वाचित भएकाे घाेषणा गर्नुभएकाे थियाे ।
विष्टकाे विषयलाई लिएर राप्रपा केन्द्रमा भने विवाद देखिएकाे बताइएकाे छ ।


प्रतिकृया दिनुहोस