राष्ट्रिय सभामा पालेर्मो अभिसन्धिमाथि छलफल हुने
काठमाडौं । राष्ट्रिय सभा बैठक बिहीबार दिउसो १ बजे बस्दैछ । बैठकमा पालेर्मो अभिसन्धिमाथि छलफल हुने कार्यसूची छ ।
गृहमन्त्री रामबहादुर थापाले ‘अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गत पालेर्मो अभिसन्धि (PALERMO PROTOCOL) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत क्षेत्रको सीमा विवाद सम्बन्धी विषयकाे संकल्प प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । संकल्प प्रस्तावको सांसद् खिमलाल भट्टराई प्रस्तावक र सांसद् सरिता प्रसाई समर्थक छन् ।
संघीय संसद्को पाँचौ अधिवेशन सुरु भएपछि राष्ट्रिय सभा बैठक निर्धारित समयमा बस्दै आएको छ । प्रतिगुप्तचरी (नेपाल विशेष सेवा) विधेयक पेस भएर छलफल समेत अघि बढेको छ ।
सभाले हरेक बैठक पश्चात सहभागी सदस्यहरुको उपस्थिति विवरण समेत सार्वजनिक गर्दै आएको छ ।


प्रतिकृया दिनुहोस