• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

राष्ट्रिय सभामा मागियाे एमसीसीबारे सरकारकाे धारणा

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् प्रकाश पन्थले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना र सीमा विवादका विषयमा सरकारको धारणा सदनमा जानकारी गराउन माग गरेका छन् ।

बुधबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै पन्थले एमसीसी परियोजनाका विषयमा सरकारले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेका हुन् । उनले भने– ‘यसको विषयमा चर्चा र विवादहरु भइरहेका छन् । सरकारले आफ्नो धारणा स्पष्ट गरेको छैन । यसमा सरकारको धारणा के छ भनेर सदनमा आएर जवाफ दिनुपर्छ ।’ 

उनले याे संसदीय अभ्यास चाँडाे पूरा गर्न आग्रह पनि गरे । 

यस्तैगरी उनले लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे । ‘मन्त्रीहरुले आफ्नै तरिकाले धारणा दिनुभएको छ । तर सरकाले अझै यो विषयमा स्पष्ट धारणा दिन सकेको छैन’ – उनले भने ।

उनले नेपाल ट्रष्टको जग्गा भाडा सम्बन्धी विवादमा आफ्नाे धारणा राख्दै कानुन नै संशोधन गरी ट्रष्टकाे जग्गा भाडा लगाएकाेमा उनले आपत्ति जनाए । उनले अहिलेसम्म भएका निर्णय खारेज गर्दै याे विवादबारे सरकारसँग जवाफ माग गरे ।

यस्तै सरकारको नीति किसान मारा देखिएकाे भन्दै उनले भने – 'कहिले दुध पोख्नुपरेको छ । कहिले तरकारी बारीमा डोजर लगाउनुपरेको छ ।’

यस्ताे अवस्थाकाे अन्त्य गर्न पनि उनले माग गरे । 

प्रतिकृया दिनुहोस