सांसद्लाई पनि ठगे ट्याक्सी चालकले
काठमाडौं । सांसद् नन्दा चापाईंले काठमाडौंमा ट्याक्सीले आफूलाई ठगेको बताएकी छिन् ।
बुधबार राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दे उनले पुस ७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेप्सीकोला जाँदा आफू ठगिएको बताएकी हुन् । उनले भनिन्–‘ विमानस्थलबाट पेप्सीकोला जान चार वटा ट्याक्सीसँग कुरा गर्दा मिटरमा जान मानेन् । मिटरमा जाँदा डेढ सय रुपैयाँ थपेर दिनुपर्ने भने ।’
आफू बाध्यतावश जानुपरेको बताउँदै उनले भनिन्– ‘ट्याक्सी चालकको मनोमानी रोक्न कडा र प्रभावकारी कानुनको व्यवस्था हुन आवश्यक छ ।’
काठमाडौंमा सवारीसाधनमा सर्वसाधारणले झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता भए पनि सरकारले व्यवस्थापन गर्न नसकेको उनको भनाई थियो ।


प्रतिकृया दिनुहोस