• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

विप्लव समूहलाई आगोको सानो झिल्को नठानाैं– अनिता देवकोटा

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् अनिता देवकोटाले विप्लव समूहलाई आगोको सानो झिल्को ठान्ने गल्ती नगर्न सरकारलाई सुझाव दिएकी छिन् ।

राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै उनले भनिन्–‘विद्रोहमा रहेको विप्लव समूहलाई अ‌ागाेकाे सानो झिल्को नठानी वार्तामा ल्याउन सरकारकाे ध्यानाकार्षण गराउछु ।’ 

राष्ट्रिय एकता दिवसका अवसरमा विप्लप समूहलाई तत्काल वार्तामा ल्याई समस्या समाधान गर्न उनले सरकारलाई सुझाव दिइन् ।

उनले सीमा विवादकाे कुरा पनि उठाइन् । सीमा विवाद सम्बन्धि सरकारले कुटनैतिक पहल कसरी गरिरहेको छ भनेर सदनलाई जानकारी गराउन उनले आग्रह गरिन् । उनले भनिन्– ‘बहुमतको सरकार छ राष्ट्रियताको सवालमा किन सरकार बोल्न सकेको छैन् ।'

सीमा अतिक्रमणका बारेमा कांग्रेस सधै सरकारको साथमा रहेकाे उनले बताइन् ।
 

प्रतिकृया दिनुहोस