• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

एमसीसी बारे भइरहेको काम सदनलाई जानकारी गराउन माग

सनराइज खबर संवाददाता

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) र भारतले मिचेको नेपाली भूमिको बारेमा भइरहेको काम कारबाही सदनलाई जानकारी गराउन माग गरिएकाे छ ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बिडारीले पाँच दिन भित्र सरकारले यी विषयमा सदनलाई जानकारी दिन माग गरेका हुन् । 

एमसीसी र इण्डोपेसिफिक राणनीति बारे फरक फरक व्याख्या भइरहेको बताउँदै उनले याे विषय सरकारले प्रष्ट पार्नुपर्ने धारणा राखे । एमसीसी विवादमा सरोकारवाला मौन बसेकाे सरोकार नभएकाहररु कराउँदै गरेकाे अवस्था रहेकाे उनले बताए । 

यसमा सम्बन्धित मन्त्रीले जानकारी दिनुपर्ने बताउँदै उनले एमसीसी परियाेजना संसद्ले पारित गर्नुपर्ने वा नपर्ने स्पष्ट पार्न आग्रह गरे । 

त्यस्तै सीमाकाे विषयमा भएकाे अन्याैल हटाउन छिटो भन्दा छिटो नेपालले नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने धारणा उनले राखेका छन् । उनले सीमा सुरक्षाबारे सरकारले गरेको काम बारे पनि जानकारी माग गरे ।

प्रतिकृया दिनुहोस