प्रतिनिधि सभा बैठक सारिने
काठमाडौं । प्रतिनिधि सभाको १६ गतेका लागि निर्धारित बैठक सर्ने भएको छ । सत्तारुढ नेकपाले सभामुखका उम्मेदवार चयन गर्न नसकेकाले सर्न लागेको होइन । अंग्रेजी नयाँ वर्ष र नेपाल भ्रमण वर्ष उद्घाटनका कारण बैठक सारिन लागेको हो ।
‘सबै सांसद्हरु भ्रमण वर्ष उद्घाटन कार्यक्रममा व्यस्त हुनुपर्ने भयो’– संसद् सचिवालयका एक अधिकारीले सनराइज खबरलाई बताए– ‘नेकपाले सभामुखका उम्मेदवार छान्यो भने पनि बैठक गर्ने अवस्था छैन । सबै सांसद् तथा नेताहरु भ्रमण वर्ष उद्घाटन कार्यक्रममा लाग्नुपर्ने अवस्था छ ।’
नेकपाले अहिलेसम्म सभामुखको उम्मेदवार तय गर्न पनि सकेको छैन । नेकपाका एक सांसद्का अनुसार सभामुख चयन हुन नसक्ने अवस्थालाई ध्यानमा राखेर पनि बैठक सोही दिन स्थगित गर्ने अथवा पहिले नै सार्नुपर्ने अवस्था रहेको छ ।


प्रतिकृया दिनुहोस