काेशीमा प्रदेश प्रमुखद्वारा बजेट प्रमाणीकरण
काठमाडाैं । काेशी प्रदेश सरकारकाे चालु आर्थिक वर्षकाे बजेटसम्बन्धी विधेयक प्रमाणीकरण भएकाे छ ।
प्रदेश सभाले पारित गरेका बजेटसम्बन्धी ३ वटा विधेयक प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार प्रमाणीकरण गर्नुभएकाे प्रदेश प्रमुखकाे कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
मंसिर १३ गते बसेकाे प्रदेश सभा बैठकले कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको 'काेशी प्रदेश अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८०' र कोशी प्रदेश विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको 'आर्थिक वर्ष २०८०-८१ को सेवा तथा कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०' पारित गरेको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रदेश सभामा पेस गर्नुभएकाे थियाे ।



प्रतिकृया दिनुहोस