रेल सञ्चालन तयारीबारे सदनमा जानकारी गराउन माग
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद वृशेषचन्द्र लालले रेल सञ्चालन गर्ने तयारीका बारेमा सदनमा जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
उनले लामाे समयदेखि जनकपुर–जयनगर–विजल्पुरा रेल मार्गकाे काम भएपनि रेलकाे डिब्बा र इन्जिनकाे तयारी नदेखिएकाे बताए। साे रेलमार्ग सञ्चालनमा आउने वा नआउने अन्याैल रहेकाे उनले बताए ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भ्रमण वर्ष २०२० काे सुरु हुन लागेकाे र रेल सञ्चालन भएमा पर्यटकहरु ल्याउन सहज हुने भन्दै यसको तयारीका बारेमा सरकारले सदनमा जानकारी गराउन आग्रह गरेका हुन् ।
बैठकमा उनले उखु किसानका समस्याको बरेमा पनि कुरा उठाएका छन् । 'किसानहरु आफूले बेचेको उखुको मूल्य नपाएको भन्दै काठमाडौं आएर सत्याग्रहमा उत्रदाँसम्म उनीहरुको कुरा किन सुनिएन ?’ – उनले प्रश्न गरे ।
उनले उखु किसानले नपाएको करिब ७५ करोड रुपैयाँ तत्काल भुक्तानी दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।


प्रतिकृया दिनुहोस