• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

एमाले गण्डकी प्रदेश सभा सदस्यले भूकम्प पीडितलाई एक हप्ताको तलब दिने, वाग्मतीले १२ दिनको दिने  

सनराइज खबर संवाददाता

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्यले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई आफ्नो एक साताको तलब प्रदान गर्नुहुने भएको छ । 

नेकपा एमाले संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकले पीडितलाई २ लाख ७९ हजार रुपैँया सहयोग गर्ने निर्णय गरेको हो । प्रदेश सभाका २१ जना सदस्यको एक हप्ताको पारिश्रमिक बराबरको रकम राहत कोषमा जम्मा गर्ने निर्णय भएको पार्टी संसदीय दलका नेता खगराज अधिकारीले जानकारी दिनुभयो । 

नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलले पनि भूकम्प पीडितको सहयोगका लागि रकम उपलब्ध गराउने निर्णय गरेको छ । भूकम्पबाट प्रभावितको सहयोगार्थ ५ लाख ७० हजार रुपैँया उपलब्ध गराउने निर्णय गरिएको नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो । 

एमाले संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधिकारीको १२ दिनको तलब बापतको रकम सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस