• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एमाले गण्डकीका सांसद्ले एक साताकाे पारिश्रमिक भूकम्प पीडितलाई दिने

सनराइज खबर संवाददाता

काठमाडाैं । नेकपा एमाले गण्डकी प्रदेश सभाका सांसद्हरूले एक साताको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन् ।

जाजरकाेट केन्द्रबिन्दु भएर गएकाे भूकम्पमा परी प्रभावित भएकाहरुलाई एक साताकाे पारिश्रमिक उपलब्ध गराइने एमाले संसदीय दलले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे हाे ।

एक साताकाे पारिश्रमिक बराबर जम्मा भएकाे २ लाख ७९ हजार रुपैयाँ सरकारी खातामा जम्मा गर्ने निर्णय संसदीय दलले गरेकाे पत्रकार सम्मेलनमा जानकारी दिइयाे ।

गण्डकी प्रदेश सभामा एमालेका २२ जना सांसद् छन् । कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकाेटकाे रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ठूलाे जनधनकाे क्षति भएकाे छ ।

साे भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मात्रै १ सय ५७ जनाको ज्यान गइसकेकाे छ । १ सय ५० बढी घाइतेहरु उपचाररत छन् ।

प्रतिकृया दिनुहोस