• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सभामुख चयनको प्रक्रिया शुक्रबारबाट सुरु

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभा सभामुखकाे निर्वाचन प्रक्रिया शुक्रबारबाट सुरु हुने भएको छ । 

शुक्रबार १ बजे बस्‍ने प्रतिनिधि सभाको बैठकबाट प्रक्रिया सुरु हुने भएको हो । सभाको कार्यसूचीमा सो कुरा उल्लेख गरिएको छ । भोलीको बैठकमा सभामुख निर्वाचनकाे मिति निर्धारण हुने छ ।

कार्यसूचीमा लेखिएको छ– ‘सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनको लागि मिति निर्धारण गर्नुहुने छ ।’

निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधि सभाकाे सभामुख पद रिक्त रहेको छ । गत पुस ४ गते संघीय संसद्को पाँचौ अधिवेशन सुरु भएसँगै सभामुख चयनको प्रक्रिया अगाडि बढेको छ ।
 

प्रतिकृया दिनुहोस