• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

चुहावटका कारण राजस्व कम उठ्याे : उदया शर्मा पौड्याल 

सनराइज खबर संवाददाता

काठमाडौं । राजस्व कम उठ्नुकाे कारण करकाे दायरा कम हुनु नभइ राजस्व चुहावट रहेकाे नेकपा सांसद उदया शर्मा पौड्यालले बताइन् । 

राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेकाे  ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) २०७५'  विधेयकमाथिकाे सैद्धान्तिक छलफलमा उनले यस्ताे बताएकी हुन् ।   

अहिले प्रस्तुत भएकाे विधेयकले राजस्व चुहावट नियन्त्रण गर्ने भन्दै यसलाई स्वागत योग्य रहेको उनले बताइन् ।

उनले राजस्व चुहावट नियन्त्रण जरुरी रहेकाे बताउँदै भनिन् – ‘राजस्व चुहावटमा प्रभावकारी अनुगमन र निगरानी राख्नुपर्छ, राजस्व बढाएर मात्र हुँदैन ।'

उनले एकैचोटी राजस्वकाे दर बढी राख्दा राजस्व छल्ने बढ्ने खतरा रहेकाे तर्फ ध्यानाकर्षण गराइन् ।  

यस्तै उनले जरिवाना बढाउदैमा राजस्व धेरै नउठ्ने बताउँदै जरिवाना छल्न सेटिङ हुने गरेकाे बताइन् । यसलाई नियन्त्रण गर्न राजस्वकाे दर कम हुनुपर्ने उनकाे धारणा छ । 


  

 

प्रतिकृया दिनुहोस