डण्डा देखाएर राजस्व चुहावट नियन्त्रण गर्नु अनुपयुक्त
काठमाडौं । राजस्व चुहावट नियन्त्रणकाे नाममा करदातालाई डण्डा देखाएर तर्साउनु उचित नहुने सुझाव नेपाली कांग्रेसका राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले दिएका छन् । उनले करदातालाई जिम्मेवारी बाेध गराइ चुहावट नियन्त्रण गर्नका लागि ध्यान दिनुपर्ने धारणा राखे ।
राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेकाे ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) २०७५' विधेयकमाथिकाे सैद्धान्तिक छलफलमा उनले यस्ताे बताएका हुन् ।
नेपाल प्रजातान्त्रिक मुलुक भएकाले राजस्व चुहावट नियन्त्रणमा प्रयाेग हुने शैली प्रजातान्त्रिक हुनुपर्ने उनले बताए ।
त्यस्तै उनले कर निर्धारणकाे विषयमा पनि सरकारले ध्यान दिनुपर्ने धारणा राखे । उनले भने – ‘करकाे दर बढी हुनुपर्ने ठाउँमा कम भएकाे र कम हुनुपर्ने ठाउँमा बढी भएको पाइन्छ । यसमा उपयुक्त निर्णय होस् ।’
देश विकासमा राज्यले मात्र नसक्ने भएकाेले निजी क्षेत्रकाे यसमा ठूलाे भुमिका हुने उनले बताए । साेही कारण उनीहरुलाई निराश नबनाउने गरी कर निर्धारण गर्न उनले सुझाव दिँदै भने – ‘ नीजि क्षेत्रले उद्योग गर्ने र सहज काम गर्न सक्ने वातावरण बनाउँदै राजस्व चुहावट गर्ने वातावरण बनाउनु पर्छ ।'


प्रतिकृया दिनुहोस