• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

काेशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासकाे मत

सनराइज खबर संवाददाता

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएकाे छ ।

बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासकाे मत पाउनुभएकाे हाे । प्रदेश सभा बैठकमा ९१ सांसद् सहभागी भएकाेमा कार्कीकाे पक्षमा ८६ र विपक्षमा ५ मत परेकाे छ । राप्रपाका १ जना सांसद् अनुपस्थित रहे ।

नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद्ले मुख्यमन्त्री कार्कीलाई मत दिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार असाेज २७ गते एमालेका ३९ र कांग्रेसका ७ सांसद्काे समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएकाे हाे ।

प्रतिकृया दिनुहोस