कोशी प्रदेश सभा बैठक कात्तिक १ गते बस्दै, मुख्यमन्त्री केदार कार्कीले विश्वासका मत लिने सम्भावना
काठमाडौं । कोशी प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ ।
प्रदेश सभा सचिवालयले सोमबार एक सूचना जारी गरी कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने जनाएको छ । सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने सम्भावना छ ।
कार्की संविधानका धारा १६८ को उपधारा ५ अन्तर्गत प्रदेश मुख्यमन्त्री बन्नुभएको हो । सो धारा अन्तर्गत बन्नुभएको मुख्यमन्त्रीले मुख्यमन्त्री भएको एक महिना भित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था छ ।
यस अघि गत असोज २० गते प्रदेश भा बैठक स्थगित भएको थियो ।


प्रतिकृया दिनुहोस