काेशीका मुख्यमन्त्री हिक्मत कार्कीद्धारा पदबाट राजीनामा
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिने घाेषणा गर्नुभएकाे छ ।
प्रदेश सभाकाे बैठकमा उहाँले सबै राजनीतिक दलसँग सहकार्य गर्नका लागि राजीनामा गर्न लागेको बताउँदै राजिनामाकाे घाेषणा गर्नुभएकाे हाे ।
गत भदौ २२ गते मुख्यमन्त्री बन्नुभएकाे कार्कीले प्रदेश सभामा समय माग गरि आज विश्वासको मत लिने तयारी गर्नुभएकाे थियाे ।
विश्वासकाे मत लिन समय दिएर बाेल्दै गर्दा उहाँले राजिनामा दिने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे- 'म विश्वासकाे मत लिन भन्दा पनि यहाँ विश्वासकाे मत लिनु अघि प्रदेश प्रमुखलाई राजिनामा बुझाउने प्रतिवद्धता गर्दै राजीनामा दिने यहाँहरु समक्ष बताउन चाहान्छु ।'
राजीनामा घोषणा गर्नुअघि मुख्यमन्त्री कार्कीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आ-आफ्ना दलीय आग्रह नछोडेमा जनचाहना विपरीत मध्यावधि निर्वाचनमा जानुपर्ने बताउनुभयाे ।
प्रदेश संरचनाविरुद्धमा आवाज उठिरहेको अवस्थामा राजनीतिक दलहरूले सचेत भएर अगाडि बढ्नुपर्ने उहाँकाे भनाइ थियो ।
कोशी प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आ-आफ्ना दलीय आग्रह नछोडेमा जनचाहनाविपरीत मध्यावधि निर्वाचनमा जानुपर्ने बताउनुभएकाे छ । प्रदेश संरचनाविरुद्धमा आवाज उठिरहेको अवस्थामा राजनीतिक दलहरूले सचेत भएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयाे- 'कोशी प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आ-आफ्ना दलीय आग्रह नछोडेमा जनचाहनाविपरीत मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था आउँछ । जनतामा जाने कुरामा एमाले बलियाे भए पनि नभएपनि कुनै संकाेच छैन ।'
मुख्यमन्त्री कार्कीले राजनीतिक दलहरू मिलेर गएनन् भने मध्यावधि अवश्यम्भावी रहेको बताउँदै भन्नुभयाे- 'आर्थिक, सामाजिक र राजनीतिक कुनै पनि अवस्थाले कोशी प्रदेश सभाको मध्यावधि निर्वाचनको माग गरेकाे छैन । प्रदेश सभामा रहेका राजनीतिक दलहरूले केन्द्रको आदेश कुर्दा समस्या आइरहेकाे छ । कतिपय साथिहरु तपाईंले भनेकाे कुरा त ठिक हाे, तर माथिबाट के आउँछ भनेर पनि भन्नुभयाे । याे परिपाटीले प्रदेशमा समस्या आयाे ।'
'कुनै पनि राजनीतिक दललाई बहुमत प्राप्त छैन । राजनीतिक दलहरूबीचको सहकार्य बीना यस प्रदेशको राजनीतिक निकास निक्लिन सक्दैन । हामीले अझै बढी आफ्ना आग्रहलाई थोपर्यौं, आफ्ना आग्रहमा मात्रै बल गर्दै गयौं भने केही महिनाभित्र मध्यावधि निर्वाचनमा जानुपर्छ । यो मध्यावधी निर्वाचन जनताको माग होइन, जनताको चासोको विषय होइन,' उहाँले भन्नुभयाे- 'एक त प्रदेश संरचनाप्रति आलोचना र टिप्पणी छ । आजै यहाँ हामी बसिरहेका बेला बाहिरपट्टी विराटनगरमा प्रदेश संरचना खारेजीको माग सहित नाराजुलुस लागिरहेको छ । अनि हामीले यो कुरालाई बिर्सिएर, कानमा तेल हालेर, यो मात्रै ठिक भनेर हिँड्यो भने जनताले आलोचना गर्नेछन् । त्यसैले जनताले निर्वाचन चाहेका छैनन् ।'
विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरिसकेकाे थियाे । प्रदेश सभाबाट विश्वासको मत पाउने वातावरण नबनेपछि पदबाट उहाँले राजीनामा दिनुभएकाे हाे ।


प्रतिकृया दिनुहोस