• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

राष्ट्रिय सभामा पेस भयो नीति अनुसन्धान प्रतिष्ठान विधेयक 

सनराइज खबर संवाददाता

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान विधेयक राष्ट्रिय सभामा पेस भएको छ । 

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा सो विधेयक पेस भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बैठकमा विधेयक पेस गरे ।

बैठकमा सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त दुई विधेयक प्रस्तुत गरे ।

प्रस्तुत भएका विद्येयकहरु– ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ( पहिलो संशोधन) र राजश्व चुहावट ( अनुसन्धान तथा नियन्त्रण) ( पहिलो संशोधन ) छन् ।

प्रतिकृया दिनुहोस