• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सीमा विवादबारे प्रधानमन्त्रीसँग जवाफ माग

सनराइज खबर संवाददाता

काठमाडौं । नेपालकाे सीमा मिचिँदा पनि सरकार चुप बसेकाे आराेप प्रतिपक्षी दलका सांसद्‍ले लगाएका छन् । 

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सीमाका विषयमा सरकारलाई प्रश्न साेधे । उनले भने – ‘प्रधानमन्त्रीले बोले जसरी किन काम गर्नुभएन ? किन अग्रसरता लिनुभएन ? परराष्ट्र मन्त्रालय किन भारतसँग झुक्यो ?’ 

कुनै समय राजनीतिक तहमा सक्रिय देखिएका प्रधानमन्त्री यो विषयमा अग्रसर नभएको भन्दै उनले असन्तुष्टि जनाए । ‘नाकाबन्दीका बेला खुलेर लाग्नुभएका प्रधानमन्त्री, अहिले चुप बस्न सुहाउँदैन’– पाण्डे भन्छन् ।

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै  सांसद पाण्डेले नेपाली भू-भाग मिचिएकोबारे संघीय संसदमै आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरे । उनले सीमा विवाद समाधानका लागि भारतका प्रधानमन्त्रीसँग वार्ता गर्न सुझाव दिँदै उच्च राजनितिक स्तरको टोली बनाउन सरकारसँग आग्रह गरे ।

उनले सरकार र परराष्ट्र मन्त्रालयले अहिलेसम्म कुनै पनि काम अघि नबढाएको दावी पनि गरे । 
 

प्रतिकृया दिनुहोस