• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

अन्त्य भयाे लुम्बिनी प्रदेश सभाकाे चालु अधिवेशन

खबर स‌ंवाददाता

काठमाडाैं । लुम्बिनी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्नुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गर्नुभएकाे हाे । मंगलबार बसेकाे मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस