• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

लुम्बिनी प्रदेश सभाबाट पारित भयाे प्रदेश निजामती विधेयक

खबर स‌ंवाददाता

काठमाडाैं । प्रदेश निजामती सेवा विधेयक लुम्बिनी प्रदेश सभाबाट पारित भएको छ ।

शुक्रबार बसेकाे प्रदेश सभा बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको हो ।  

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साे विधेयक पारित गरियाेस् भनि प्रस्तुत गर्नुभएकाे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख तुलाराम घर्तीले सर्वसम्मतिले पारित भएकाे घाेषणा गर्नुभयाे ।

बिहीवार बसेको प्रदेश सभा बैठकमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस गर्नुभएकाे थियाे ।

प्रतिकृया दिनुहोस