समानुपातिक सिद्धान्त अनुसार राजनीतिक नियुक्ति भएन – प्रमिला कुमारी
काठमाडौं । राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले विभिन्न आयोगमा हुने राजनीतिक नियुक्तिहरुमा सरकारले समानुपातिक सिद्धान्तको नीति अवलम्बन गर्न नसकेको अरोप लगाएकी छिन् ।
राष्ट्रिय सभाको पाँचौ अधिवेशनमा बोल्दै उनले भनिन् –‘ संवैधानिक आयोग, कूटनीतिक आयोग र राजनीतिक नियुक्तिमा समानुपातिक सिद्धान्त अनुसार प्रतिनिधित्व गराउन सरकारको कुनै पनि किसिमको पहल छैन ।’
संविधान संशोधनका विषयमा सरकारसँग समाजवादी पार्टीले गरेका सहमतिको पालना हुनुपर्ने बताउँदै उनले पाँचौ अधिवेशनमा याे विषयले प्राथमिकता पाउने विश्वास व्यक्त गरिन् ।
उनले प्रधानमन्त्री र मन्त्रीहरुसँग हुनुपर्ने प्रश्नोउत्तर कार्यक्रम राष्ट्रियसभामा सुरु नभएको बताउँदै पाँचौ अधिवेशनमा याे कार्यक्रम सुरु हुनुपर्ने उनले माग गरिन् ।
सरकारले अपराधीलाई कारबाहीकाे दायरामा ल्याउन नसकेकाे उनले बताइन् । बलात्कार, हत्या, हिंसा एवं एनसेल काण्ड, वाइडबडी काण्ड, सुन काण्ड, जग्गा अतिक्रमण लगायतमा संलग्नलाई कारबाही नभएकाेमा उनले सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद प्रमिला कुमारीले मधेशमा शितलहरको कारण विपन्न परिवारलाई बाँच्न गाह्रो भएकाले उचित व्यवस्था मिलाउन माग गरिन् ।


प्रतिकृया दिनुहोस