केही बेर मात्र बस्यो सभामुखविहीन प्रतिनिधि सभा
काठमाडौं । प्रतिनिधि सभाको बैठक केही बेर बसेर सकिएको छ । अर्काे बैठक ११ गते बस्ने भएको छ ।
बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गरेकी थिइन् । उपसभामुखले बैठक थालेको यो पहिलो घटना हो । विगतमा बैठकको थालनी र समापन अनिवार्य रुपमा सभामुखले गर्ने परम्परा थियो ।
आजको बैठकले दिवंगत भएका पूर्व तथा बहालवाला सांसद्हरुको स्मरण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
११ गते बस्ने बैठकले नयाँ सभामुख चयनको प्रक्रिया सुरु गर्ने सहमति भइसकेको छ ।


प्रतिकृया दिनुहोस